काठमाडौं ।अभिनेत्री  करिश्मा  मानन्धरलाई एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री  केपी ओलीले फोन गरेको खबरले केही दिन अगाडि राम्रै  चर्चा  पायो ।उनले सामाजिक  सञ्जालमा स्टाटस अपडेट  गर्दै  कल   डिटेलको स्क्रिनसटसमेत  राखेकी  थिइन् । त्यहाँ केपी शर्मा ओली नाम

गरेको  नम्बरमा  कल  गएको  देखिएपछी  करिश्मा  सामाजिक सञ्जाल ट्रोलसमेत  बनेकी थिइन् । तर , अहिले भने करिश्माले पूर्वप्रधानमन्त्री  ओलीलाई  भेट  गरेकी  छन् ।उनले  भेटघाटको तस्बिरहरू  सामाजिक  सञ्जालमार्फत  सार्वजनिक  गर्दै विविध विषयमा छलफल भएको जानकारी दिएकी छन् ।

विविध  विषयमा  उहाँको  विचार  सुन्दा   आनन्द  आयो । सबै क्षेत्रका मानिसलाई उत्तिकै महत्वपूर्ण रूपमा हेर्नु भएको र हाम्रो कुरा सुनिदिनु भएकोमा धन्यवादु करिश्माले लेखेकी छन् । उनी सँगै  भेटघाटमा  कलाकार   जितु नेपाल र गायिका तथा सांसद कोमल वली पनि उपस्थित थिइन्।

यो पनि,,
काठमाडौँ ।  श्रम, रोजगार  तथा  सामाजिक सुरक्षामन्त्री कृष्ण कुमार श्रेष्ठले नतिजा देखिने  गरी काम गर्न  निर्देशन दिनुभएको छ । मन्त्रालयमा आज  जानकारी लिएपछि कर्मचारीलाई निर्देश न दिँदै उहाँले आफू  श्रमजीवीका पक्षमा काम गर्न जिम्मेवारीमा आएकाले त्यसका लागि सहयोग गर्न आग्रह गर्नुभयो ।

श्रम गर्ने  श्रमिकको  हकहित, रोजगार सिर्जना तथा रोजगारीमा रहेकाको सामाजिक सुरक्षाका   निम्ति काम गर्ने र त्यसमा कर्म चारीका तर्फबाट  सहयोगको अपेक्षा गरेको मन्त्री श्रेष्ठको भनाइ थियो । कार्यक्रममा  मन्त्रालयका   सहसचिव डन्डुराज घिमिरेले श्रममन्त्री श्रेष्ठलाई मन्त्रालयका बारेमा जानकारी गराउनुभएको थियो ।

कार्यक्रममा   मन्त्रालयका   विभिन्न   महाशाखाका   प्रमुखको उपस्थिति थियो ।यसैबीच  श्रममन्त्री श्रे ष्ठलाई तेक्वान्दो महास ङ्घले आज सम्मान  गरेको छ ।  महासङ्घका  अध्यक्ष  प्रकाश शम्शेर जङ्गबहादुर राणाले उहाँलाई सम्मान गर्नुभयो । यसैगरी आज  नै  वैदेशिक  ।रोजगार  व्यवसायी  महासङ्घका  अध्यक्ष कमल तामाङलगायतले  मन्त्रालयमा  पुगेर  श्रममन्त्री  श्रेष्ठलाई बधाई ज्ञापन गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News