कोभिड–१९ को कारण दुई वर्षदेखि रोकिएको महोत्सवले यसपटक चौधौं संस्करणको रुपमा पुनः निरन्तरता पाएको हो । महोत्सवमा २० विदेशी नागरिकले टीका ग्रहण गरेका छन् ।

पोखराको लेकसाइडस्थित मम्स गार्डेन रिसोर्टमा आयोजित कार्यक्रममा रेन्वो चिल्ड्रन होमका छात्राहरुले विदेशी पर्यटक लाई टीका लगाइदिए का थिए ।तिहारको अन्तिम दिन भाइटी काका अवसरमा आयोजित महोत्सवमा विदेशी नागरिकले

उत्साहपूर्वक सहभागिता जनाएको आयोजक संघका अध्यक्ष लक्ष्मण सुवेदीले जानकारी दिए ।नेपाली संस्कृति संरक्षण गर्दै यसैका माध्यमबाट पोखराको प्रवर्द्धनमा सघाउने उद्देश्यले

भाइटीका कार्यक्रम आयोजना गरिएको अध्यक्ष सुवेदीले बता    ए ।कार्यक्रममा चीन, रसिया, जर्मनी, फ्रान्स, कम्बोडिया र बेलारुसका पर्यटक सहभागी भएको कार्यक्रम संयोजक एवं संघका प्रथम उपाध्यक्ष दीपक श्रेष्ठले जानकारी दिए ।

महोत्सवमा टीका ग्रहण गर्न कतिपय विदेशी नागरिक दोहोर्‍या एर समेत सहभागी भएको उनले बताए ।विदेशी नागरिकलाई टीका लगाइदिएपछि उनीहरुलाई सयपत्री फूलको माला,

टोपी र सेलरोटी लगायतका परिकार छात्राहरुले पस्किएका थिए ।उक्त अवसरमा देउसी-भैलो तथा सांस्कृतिक कार्यक्र मसमेत आयोजना गरिएको थियो ।

संघका महासचिव राजेन्द्र ढकालले तिहार र भाइटीकको महत्वबारे विदेशी नागरिकलाई जानकारी गराएका थिए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News