काठमाडौं । नेपाल एयरलाइन्सको ट्विन अटर विमानले त्रिभु वन अन्तर्राष्ट्रिय विमानस्थलबाट रुकुमको चौरजहारी उडान भर्ने अनुमति पाइसकेको थियो  दिउँसो ३ बजे उड्नुपूर्व यात्रु विमान

मा बसिसकेका थिए ।विमानका पाइलट ककपिट छिरे पछि। एयरहोस्टेजको मधुर आवाज निस्कियो– अब हामी गन्तव्यतर्फ उड्दैछौं । कृपया सुरक्षाका लागि सबैले बेल्ट बाँधि दिनुहोला ।।

ट्विन अटर विमानका आठमध्ये एक यात्रुले आफन्तलाई फोन गरे–विमानस्थलबाट प्लेन उड्नै लाग्यो । चौरजहारी आउँदै गर्नु होला । प्लेनले निर्धारित समयमा नै त्रिभुवन अन्तर्राष्ट्रिय विमान

स्थलको धावनमार्ग छाड्यो । अनि आकाशमा एक फन्का मारेर गन्तव्य सोझ्यायो ।यात्रुलाई लागेको थियो– प्लेन केही समय मा नै चौरजहारी विमानस्थलमा अवतरण होला आफन्त भेटिए

लान् । तर त्यसो भएन । बीच बाटोमै नेपालगञ्ज विमानस्थल मा प्लेन अवतरण भयो ।धेरैलाई लाग्न सक्छ– जहाजमा कुनै प्राविधिक समस्या आएकाले पाइलटले नेपालगञ्जमा आक स्मिक अवतरण गरे होलान् । तर प्राविधिक समस्याले नभई

पाइलटको सनकका कारण यस्तो अनौठो घटना भएको हो । कारण रोचक छ– पाइलटको ड्युटी सकिनु ।पाइलट पेम्बा शेर्पाको ड्युटी सोमबार बिहान ५ः३० मा सुरु भएको थियो । उनको नियमित ड्युटी ४ बजेसम्म हो । उक्त समयमा नेपाल

गञ्जको आकाशमाथि पुगेको थियो । त्यसैबेला उनले ड्युटी सकिएको भन्दै जहाज त्यहीँको विमानस्थलमा ल्यान्ड गराए कति छिट्टै चौरजहारी आइपुगिएछ भन्ने ठानेको त ड्युटीसकियो भनेर नेपालगञ्जमा झारिएको रहेछ,’ एक यात्रुले गुनासो गरे,

‘यो गैरजिम्मेवारीको पराकाष्ठा हो । यसैगरी, बिरामीको अप रेसन गरेका चिकित्स’कले काम छाडे के होला ?’शेर्पा यती समूहबाट चार वर्षअघि नेपाल एयरलाइन्समा अनुबन्ध भएका

पाइलट हुन् । नेपाल एयरलाइन्सका कार्यकारी अध्यक्ष युवराज अधिकारीले आफ्ना पाइलटले ड्युटी सकिएको भन्दै चौरजहारी जानुपर्ने जहाज नेपालगञ्ज मा सोमबार अव”तरण गरेको पनि

स्वीकारे । उनी भन्छन्, ‘चौरजहारी जानुपर्ने विमान ड्युटी सकिएको भन्दै पाइलटले नेपालगञ्ज अवतरण गरेको साँचो हो यसबारे बुझ्दै छु ।’पाइलटले यात्रुलाई गन्तव्यमा नपु-याएपछि

उनीहरूलाई नेपालगञ्जकै होटलमा बस्ने व्यवस्था गरिएको अध्यक्ष अधिकारीले नेपालवाचलाई बताए । निगम स्रोतका अुनसार, पाइलटका सनकका कारण अलपत्र यात्रुलाई मंगल बार बिहान नेपालगञ्जबाट रुकुम पु-याइएको छ ।-नेपालवाच बाट

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News