१२ मंसिर, चितवन । नेकपा एमालेको १० औं राष्ट्रिय महाधि वेशनका केही प्रतिनिधिहरूलाई भीम रावलको पर्चा वितरण गरिएको छ । पर्चा बाँड्दै मूल गेटसम्मै पुगेका रावल पक्षका कार्य कर्ताहरुलाई एमाले स्वयंसेवकहरुले यहाँ पर्चा बाँड्न पाइँदैन भन्दै बाहिर पठाइदिएका हुन् ।

बन्दसत्रको हलभित्र प्रवेश गर्न लामबद्ध भएकाहरुलाई रावल का कार्यकर्ताहरुले पर्चा वितरण गरेका थिए । ‘मेरो उम्मेदवारी किन’ लेखिएको भीम रावलको पर्चामा रावलले अध्यक्षमा उम्मे दवारी दिनुपर्नाका कारणबारे उल्लेख छ ।

पर्चा हातमा लिइसकेका प्रतिनिधिहरूलाई पनि स्वयंसेवकह  रुले बाहिर ननिकाल्न र खल्ती वा झोलामा राख्न आग्रह गर्दै हलभित्र छिराएका छन् ।

आजको बन्दसत्रले केपी शर्मा ओलीलाई सर्वसम्मत अध्यक्ष चयन गर्ने तयारी छ । तर रावलले पनि अध्यक्षमा उम्मेदवारी घोषणा गरेका छन् ।

यो पनि,,महाधिवेशनमा आएका ज्येष्ठ नागरिक भन्छन्-‘भत्ता दिने नेता हेर्न आएका हौं’चितवन : एमालेको १० औं राष्ट्रिय महा धिवेशनमा उद्घाटनसत्रको भीडमा भेटिइन् ९० वर्षीया तुलसी पौडेल। पर्वत घर भएकी पौडेल देवघाटमा बस्छिन्। भत्ता दिने नेता हेर्न र उनीह रूले भन्ने कुरा सुन्न आएको उनले बताइन्।

एकपटक कांग्रेसलाई भोट दिए पनि कुनै काम नगरेको गुनासो उनले गरिन्।‘माले हुँदाबाटै यस पार्टी (एमाले)लाई भोट दिँदै आएकी छु, बाचु ञ्जेल दिइरहन्छु’, उनले भनिन्, ‘भत्ता दिन सुरु गरे, पछि बढाए।

वृद्धभत्ता दिने पार्टीका नेता भनेर हेर्न आएकी हुँ।’नवलपुरको मुक्तिचोक बस्ने कली सुनार बगरको चिसो भुइँमा बदाम खाँदै चासोका साथ एमाले अध्यक्ष केपी शर्मा ओलीको भाषण सुन्दै थिइन्। उनी ओलीलाई राजनेता मान्छिन्।

ओली गरिब दुःखी र असहायको सहारा बनेको उनको बुझाइ छ। उमेरले ६० वर्ष पुग्न लागेकी उनी अर्को सालदेखि भत्ता खाने पाउने आशामा खुसी छिन्।

अर्घाखाँची चिदिकाबाट दुई दिन लगाएर चितवन आइपुगेकी छन्, मनकला न्यौपाने। उनी पानीको व्यवस्था नभएको भन्दै कार्यक्रमस्थलमा भौतारि इरहेकी थिइन्। तर,ओलीको भाषण सुनेर मक्ख थिइन्। ‘

हाम्रो केपी ओलीको कार्यक्रम भनेर आइयो।भोकप्यास छैन। महाधिवेशनमा जिताएर फेरि नाच्ने हो’, उनले भनिन्। ओलीको काम, व्यव हार र देशलाई माया गर्ने शैली मन पर्छ उनलाई। ‘उहाँले वृद्धवृद्धा त पाल्नुभयो।

अब एउटै बिन्ती छ– युवाहरूलाई पनि स्वदेश मा रोजगारको अवसर जुटाइदिनु पर्‍यो’, उनले भनिन्, ‘उहाँकै आशा र भरो  सा छ।’ओलीको स्वर सुन्न भन्दै नवलपुर पिठुवाबाट छोरासँग मोटरसाइकल चढेर महाधिवेनस्थलमा आएकी छन्, ७३ वर्षीया विष्णु श्रेष्ठ।

वृद्धाभत्ता दिने नेता यिनै भएकाले भाषण सुन्न आएको उनले बताइन्। ‘उहाँ मलाई निकै मनपर्ने नेता हो। अहिलेको नेतामध्ये सबैभन्दा मन पर्छ’, उनले भनिन्। पर्वतकी हरिकला सुनारले ओली लाई भेट्न/सुन्न नारायणगढ आएको बताइन्।

‘उहाँको भाषण निकै मन पर्छ’, उनले भनिन्। ओली ज्येष्ठ नागरिकलाई माया गर्ने नेता भएको उनले बताइन्।सञ्जोग ठाकुरले ओलीलाई चित वनमा स्वागत गर्न सिरहा मिर्चैयाबाट आएको बताइन्। ‘हामी पहिलादेखि यही पार्टीमा छौ। उहाँ हामीलाई मन पर्ने नेता हो’, उनले भनिन्।

सिरहामा सरकारले वृद्धभत्तामा दलित र अन्य लाई भेदभाव गरेको गुनासो उनले गरिन्। भनिन्, ‘कानुन एउटै बनाउनुपर्छ। समान व्यवहार हुनु पर्‍यो।’धादिङका ६५ वर्षीय रुद्रबहादुर श्रेष्ठ ओलीका कुरा सुन्न महाधिवेशनस्थल आइपुगे तर भीडमा छिर्न सकेनन्।

ओलीलाई प्रत्यक्ष देखेर उनका कुरा सुन्ने रहर पूरा हुन नसके भन्दै उनले दुःखमनाउ गरे। उनी बाहिर चोकमा एक पसल अगा डि सडकपेटीमा थचक्क बसेर ओलीको भाषण सुन्दै थिए। ‘भि त्र छिर्न सकिनँ।

प्रत्यक्ष देख्न र सुन्न मन थियो पाइनँ’, उनले भने।म्याग्दीको रुमा गाउँबाट आएकी मनसुवा गोता मेले ओलीको पार्टीले सह योग गरेको बताइन्। ‘उहाँ आउने भनेपछि आउन मन लाग्यो। देख्न मन लाग्यो’, उनले भनिन्, ‘उहाँ नै हाम्रो नेता हो। अब पनि उहाँले नै जित्नुपर्छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News