१२ मंसिर, काठमाडौं । कमिटी प्रस्ताव गर्ने सर्वाधिकार आफूमा लिएका नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई वरिष्ठ उपाध्यक्ष छनोटमा सकस देखिएको छ ।

महासचिव ईश्वर पोखरेल र संसदीय दलका उपनेता सुवास नेम्वाङ दुबैले वरिष्ठ उपाध्यक्षमा दाबी गरेका छन् । ओलीले पोखरेललाई वरिष्ठ उपाध्यक्ष बनाएर नेम्वाङलाई उपाध्यक्ष बनाउन चाहेका छन् । तर नेम्वाङले पोखरेललाई नेता नमान्ने सन्देश पठाएका छन् ।

पूर्व सभामुखसमेत रहेका नेम्वाङको सन्देश लिएर प्रदेश १ का पूर्वमुख्यमन्त्रीसमेत रहेका शेरधन राईले अध्यक्ष ओलीलाई भेटेको एक नेताले जानकारी दिए ।

नेम्वाङको तर्क छ, ‘मेरो नेता केपी ओली हो, म भन्दा सिनियर अरु छैन । यदि मलाई उपाध्यक्ष मा राख्ने हो भने वरिष्ठ उपाध्यक्ष पद नै खारेज गरौं ।’

यो पनि,,भगवान भण्डारी र शान्ति श्री परियारको ‘बत्ती मधुरो’ रातारात भाइरल -(भिडिओ)

काठमाडौं । गायक, सर्जक तथा संगीतकार भगवान भण्डारीको सिर्जनामा मौलिक गीत ‘बत्ती मधुरो’ सार्वजनिक गरिएको छ । शुक्रबार साँझ भण्डारीको आफ्नै युट्युब च्यानलमार्फत सार्वजनिक भएको उक्त गीतको भिडियोमा धेरै कलाकारहरु जोडिएर रमाइलो वातावरणमा अभिनय गरेको दृस्य देख्न सकिन्छ ।

गायक भण्डारी आफैँले शब्द रचना र संगीत भरेको गीतमा आवाज भने उनको आफ्नो नभइ अर्का गायक विनोद भण्डारी र गायिका शान्ति श्री परियारले दिएका छन् । लामो समयदेखि अमेरिका बस्दै आएका गीतकार भगवान भण्डारीले उतैबाट यस गीत सिर्जना गरेको जानकारी दिए ।

गीतमा मनोज खड्काले संगीत संयोजन गरेका छन् । त्यसैगरी भिडियोमा निर्देशक प्रकाश भट्टको निर्देशन रहनुका साथै अजय रेग्मीको छायांकन तथा विष्णु शर्माको सम्पादन रहेको छ ।

त्यस्तै उक्त भिडियोमा गायक तथा मोडल रामजी खाँण र रञ्जिता गुरुङको धमाकेदार नृत्य तथा अभिनय रहेको छ । साथै, मोडल खाँण र गुरुङ सँगै विभिन्न दृस्यमा अन्य धेरै कलाकारहरु पनि देखिएका छन् ।

अमेरिकामा सिर्जना भएको गीतको भिडियो नेपालको हरियाली वातावरणमा छायांकन गरिएको गायक भण्डारीले बताए ।

मौलिक शब्दमा सजिएको गीतको भिडियोमा पनि देशको मौलिक लोक संस्कृतिको पहिचान झल्किने गरी कलाकारहरु सजिसजाउ वस्त्रमा प्रस्तुत भएका छन् । गीत माया प्रेमका शब्दमा आधारित छ ।

लामो समयदेखि गायनमा लागेर लाखौँ दर्शक स्रोतामाझ लोकप्रिय बनेका गायक भण्डारीको यसभन्दा अगाडि ‘फूलमा भमरा’, ‘खैरेनीमा गेट’, ‘चार दिन छुट्टी’, ‘गैरी झरौँला’, ‘

बिग्रियो चाल पनि’, ‘गयौ धोका दिएर’, ‘बनमा काँडा छ’, ‘सान्नानीको पछ्यौरी’लगायत धेरै मौलिक गीतले धेरै दर्शक स्रोताको मन जितेको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News