साउथ  इन्डियन  फिल्ममा  अभिनेत्री   स्वस्तिमा   खड्कापछि आँचल शर्माले पनि डेब्यू गरेकी छन् । उनले नेपालमा छायांकन भएको तेलुगू  फिल्म  ‘हिटम्यान’ मा मुख्य  भूमिकामा अभिनय गरेकी हुन् । १५ दिनसम्म  काठमाडौं र पोखरामा छायांकन भए को फिल्ममा उनले नेपालीमै संवाद बोलेकी छन् ।

फिल्ममा  उनको   अपोजिटमा नेपाली  मुलका तेलुगू कलाकार विष्णु अधिकारी प्रस्तुत छन् ।विष्णु फिल्मका निर्देशक पनि हुन् उनले अब  फिल्मको १० प्रतिशत मात्र छायांकन बाँकी रहेको र त्यसलाई  भारतको हैदराबादमा खिच्ने तयारी भएको जानकारी दिए । उनका अनुसार, नेपालमा

फिल्मको  ५०  प्रतिशत छायांकन गरिएको छ । उनले नेपालमा खिचिएको  भागमा ने पाली  भाषामै संवाद समावेश गरिएको र भारतमा  खिचिएको  भागमा तेलुगू  भाषामा  संवाद  राखिएको बताए । उनले   भने ‘फिल्म नेपाल र  भारत  दुवै देशमा रिलिज हुनेछ । नेपालमा रिलिजका लागि तेलुगू संवादमा नेपाली सब

टाइटल राख्नेछौं  भने  भारतमा  रिलिजका लागि नेपाली संवाद को ठाउँमा तेलुगू सब टाइटल राख्नेछौं । ‘हिटम्यान’ को कथा नै नेपाल र  भारतसँग  जोडिएको छ ।’ फिल्ममा नेपालको पार्टमा विष्णुको  जोडीको रुपमा आँचल देखिनेछिन् भने भारतको पार्ट मा अदिती शर्मा छिन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News