काठमाडौ – आइतवार काठमाडौ विमानस्थलमा एउटा घटना भएको छ । विमानका कर्मचारीको लापरवाहीको हद पार भएको देखिएको छ । काठमाडौंबाट पोखराका लागि उडेको गुण एयरलाइन्सको जहाजमा समस्या देखिएपछि काठमाडौं फर्काइएको छ । गुण एयरलाइन्सको एक बीचक्राफ्ट जहाज सात मिनेटमै पुनः त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नै फर्किएको छ ।

आइतवार बिहान साढे १० बजे पोखरा उडेको यो जहाजमा साढे तीन मिनेटमै प्राविधिक समस्या देखिएको थियो । जहाजमा प्राविधिक गडबडी देखिएपछि तत्कालै काठमाडौं विमानस्थलमा अवतरण गराइएको थियो । उडेको पाँच मिनेटमै ढोका नलागेको जानकारी प्राप्त हुनासाथ विमानस्थलमै फिर्ता गरिएको थियो ।

त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक भोला गुरागाइँले बिहान पोखराका लागि उडेको जहाजको तत्कालै ढोका नलागेको इन्डिकेसन भएपछि काठमाडौं विमानस्थलमा फर्काएर अहिले चेकजाँच भइरहेको जानकारी दिए ।दजहाजमा प्राविधिक गडबडी देखिएपछि तत्कालै काठमाडौं विमानस्थलमा अवतरण गराइएको थियो । उडेको पाँच मिनेटमै ढोका नलागेको जानकारी प्राप्त हुनासाथ विमानस्थलमै फिर्ता गरिएको थियो ।

त्रिभुवन विमानस्थल कार्यालयका महाप्रबन्धक भोला गुरागाइँले बिहान पोखराका लागि उडेको जहाजको तत्कालै ढोका नलागेको इन्डिकेसन भएपछि काठमाडौं विमानस्थलमा फर्काएर अहिले चेकजाँच भइरहेको जानकारी दिए ।

उनका अनुसार जहाज उडेको ७ मिनेटमै पुनः विमानस्थल नै फर्किएको छ । उक्त जहाजको प्राविधिक परीक्षणपछि पुनः उडानयोग्य भएको पनि विमानस्थल कार्यालयले जानकारी दिएको छ ।

जहाजको यात्रु चढ्ने ढोका राम्रोसँग ल क नभएकाले इन्डिकेटरले संकेत गरेको रहेछ,गुण एयरलाइन्सका प्रवक्ता प्रज्ज्वल थापाले भने,अवतरणपछि परीक्षण भइसक्यो र जहाज फेरि अर्को गन्तव्यमा उडान गर्न तयारी अवस्थामा बसिसकेको छ ।’उनका अनुसार अनुसार पोखरा उडान अर्को जहाजबाट गराइएकाले अब उक्त जहाज ३ बजे भरतपुर उड्ने छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News