झापा-राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले राजनीतिलाई जनताको सेवाका रुप मा लिनुपर्ने र यसलाई पेशा व्यापार बनाउँन नहुने बताएका छन् ।

झापाको सुरुङ्गामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रमलाई सम्बोधन गर्दै लिङ्देनले केही राज नीतिक दलका नेताले राजनी तिलाई गलत ढङ्गले प्रयोग गरेको आरोप लगाए ।

लिङ्देनले भने, ‘लोकतन्त्रलाई बलियो बनाउन राजनीतिक सेन्डि केट अन्त्य गर्नुपर्छ।’ कार्यक्रम मा राप्रपाका झापा जि  ल्ला अध्यक्ष केशवप्रसाद ओझाले राजनीतिमा युवा वर्गलाई नेतृ,त्वमा पुर्‍याउनुपर्ने बताए ।

यो पनि,,झापा: राष्ट्रिय प्रजातन्त्र पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपामा नवप्रवेशीहरु राप्रपामा भनेर मात्र आएका नभएर देश र धर्म जोगाउने अभियानमा समेत जोडिएका बताएका छन् ।

राष्ट्रिय प्रजातन्त्र पार्टी कन्काई नगरसमिति द्वारा सुरुङ्गा आयोजित कार्यकर्ता भेटघाट तथा पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै यसो भनेका हुन् ।

कन्काई नगरपालिका वडा न ३ स्थित खानेपानी उपभोक्ता समितिको सभाहलमा सम्पन्न कार्यक ममा अध्यक्ष लिङ्देनले कांग्रेस, एमाले र माओ वादी मिलेर देश लुटिरहेको कुरा नेपाली जनताले बुझिसकेको बताए ।

‘स्विजर्ल्यान्डका बैंकमा राजा रानीको नाममा रहेको पैसा ल्याउदा प्रत्येक नेपालीलाई ४ बिघा जग्गा र ५ तोला सुन   बाढ्न पुग्छ भन्नेहरूलेनै अन्धाधुन्द देश लुटेको बताए।

अध्यक्ष लिङ्देनले भने, ‘राजाको पैसा ल्याउछौ भनेर शासन सत्ता हातमा लिनेहरुको सम्पत्ति छानबिन गरौं न, राप्रपा बाटै शुरु गरे भै हाल्यो नि हामी जहिले पनि तयार छौं ‘।

अध्यक्ष लिङ्देनले भने, ‘राजा आएभने देश बर्बाद हुन्छ भन्दै राजाको डर देखाएर राजनीति गर्नेहरूले देश लुटेको घाम झै छर्लङ्ग छ, राजाला ई गाली गरेर राजनिति गर्ने एमाले, कांग्रेस र मा ओवादीको राजनीतिक एजेन्डा कता हरायो?’, प्रश्न गरे।

कार्यक्रममा जिल्ला अध्यक्ष केशव प्रसाद ओझा ले युवाहरू परिवर्तनका सम्बाहक भएको बताए । अध्यक्ष लिङ्देनको अभियानलाई साथ दिदै नेपाल भरीका युवाहरूको आकर्षण राप्रपामा बढ्न थालेको बताए ।

जनता कसैको गोठको गाई वस्तु नभएको भन्दै उनले आगामी निर्वाचनमा राप्रपा आफनी हिम्मतले चुनाव लड्ने बताए।

नजिकै आउंदै गरेको स्थानिय निर्वाचनमा प्रत्यक वडा देखि पालिका प्रमुख / उपप्रमुख पदमा एकलाई चुनाव लड्ने बताउदै तयारीमा जुट्न कार्यकर्तालाई आग्रह गरे। नकार्यक्रममा नवनि र्वाचित केन्द्रिय सदस्य तारामाया राई सहित नवप्रवेशी युवाहरू ले धारणा राखेका थिए ।

कार्यक्रममा २०० जना भन्दा बढी स्थानीयहरु विभिन्न पार्टी परित्याग गरि राप्रपामा प्रवेश गरेका छन् ।राप्रपा प्रवेश गर्नेहरू मध्ये अधिकांश युवा समुदायका रहेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News