अमेरिकाबाट बेलायतको लागि उडेको एउटा विमान एक जना यात्रुले मास्क लगाउन नमानेपछि उडानकाे बीचबाटै फर्किएको छ ।

फ्लोरिडाको मियामी सहरबाट लन्डन गइरहेको अमेरिकी एअर लाइन्सको जहाजमा रहेका एक जना यात्रुले मास्क लगाउन नमान्दा विमान नै फर्काएको समाचारसंस्था सीएनएनले जना एको छ ।

बोइङ ७७७ जहाजमा एक सय २९ जना यात्रु रहेका थिए । परिचारिकाले मास्क लगाउन पटक पटक आग्रह गर्दा पनि   एक जना यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि मध्य

आकासबाटै जहाज फर्काउनुपरेको एअरला इन्सले विज्ञप्ति निकालेर जानकारी गराएको छ ।

विमान फर्किएर उडान भरेकै विमानस्थलमा अवतरण गरेपछि मास्क लगाउन अस्वीकार गर्ने यात्रुलाई प्रहरीले पक्राउ गरेको छ ।

अमेरिकन एयरलाइन्सले मास्क लगाउन नमान्ने यात्रुलाई आउँ दा दिनमा आफ्ना कुनै पनि उडानमा सेवा नदिने बताएको छ । अमेरिकामा उडानहरुमा कोभिड नियम पालनालाई अत्यन्त्यै कडाई गरिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News