एजेन्सी, बेइजिङ : कोभिड संक्रमण बढेपछि चीनको १ करोड ७० लाख जनसंख्या भएको शेनझेन सहरमा लकडाउन घोषणा गरिएको छ । शेनझेनको दक्षिणी टेक हबले सम्पूर्ण बासिन्दा लाई २० मार्चसम्म घरभित्रै बस्न भनेको छ ।

सो अवधिसम्म सार्वजनिक सवारी साधनहरु पनि नचल्ने स्था नीय सरकारले जारी गरेको सूचनामा उल्लेख छ । कोभिडको नयाँ भेरियन्ट ओमिक्रोन निर्मूल गर्न चुनौती सामना गरिरहेका बेला सरकारले पछिल्लो प्रतिबन्ध लगाएको हो ।

पछिल्लो समयमा चीनमा कोभिड संक्रमण दर बढ्दो छ । यदि रोकथाम र नियन्त्रणलाई सम यमै र निर्णायक रूपमा सशक्त बनाइएन भने यो

सजिलै समुदायस्तरमा फैलिन सक्छ’, शेनजे नका स्वास्थ्य अधिकारी लिन ह्यान्चेङले भने । चीनभर संक्रमणमा बृद्धिले अधिकारीहरुलाई सांघाईमा विद्यालय र उत्तरपूर्वी शहरहरु बन्द गर्न बा’ध्य बनाएको छ ।

चीनका १८ ओटा प्रात ओमिक्रोन र डेल्टा भेरियन्टको क्ल स्टरसँग जुधिरहेको छ । चीनमा सर्वप्रथम सन् २०१९ को अ  न्त्य तिर भाइरस देखिएको थियो । त्यसयता सरकारले शून्य– कोभिड नीति अंगिकार गर्दै आएको छ ।

यसअघि कोभिड संक्रमण बढेपछि उत्तरपूर्वी सहर चाङ्गचुनमा यसै साता लकडाउन घोषणा गरिएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News