धनगढी :

नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रकाश सपुतकाे गीत ‘पीर’काे म्युजिक भिडियाेमा भइरहेकाे वि’वादबारे प्रतिक्रिया दिएका छन् ।

माओवादीका जनवर्गीय संगठनसँगै केही नेताहरुले सपुतकाे उक्त गीतकाे म्युजिक भिडियाे युट्युबबाट ह’टाउनुपर्ने चेतावनी दिइरहेका बेला प्रचण्डले साेमबार धनगढी विमानस्थलमा पत्रकारसँग भने, ‘मैले पूरै गीत हेर्न पाएको छैन, मिडियाबाट थाहा पाएकाे हुँ । अहिले हामी कोही उ’त्तेजित हुनुपर्ने पनि छैन ।’

शान्ति प्रक्रियामा ल्याएर माओवादीले ब’र्बाद गर्‍यो भन्ने पनि नरहेकाे उल्लेख गर्दै प्रचण्डले जनयु’द्धप्रति हल्का टिप्पणी गर्न पनि नमिल्ने बताए । तर, याे विषयमा सयौं वर्षसम्म पनि बहस रहने उल्लेख गर्दै प्रचण्डले तर्क-वितर्क,पक्ष-विपक्षलाई स्वभाविक रूपले लिनुपर्ने बताए ।

जनयु’द्धबाट शान्ति प्रक्रियामा आउनु ठिक थियो कि थिएन भन्नेमा पनि बहस भइरहने उनले बताए ।

आफू कतार, मलेसिया जाँदा त्यहाँ काम गर्न पुगेका पूर्वल’डाकुसँग कुराकानीसमेत भएको प्रचण्डले स्मरण गरेका थिए। ‘कतार, मलेसिया जाँदा त्यहाँ ल’डाकु दु:खपूर्ण जीवन विताइरहेका छन्। दु:ख गरे पनि कमरेड तपाईंलाई अप्ठ्यारो परेका बेला भन्नुस् हामी फेरि आउन तयार छौं, विचलित भएका छैनौं भन्नुभएको थियो,’ उनले भने।

यसअघि माओवादीका पूर्वनेता तथा जसपा संघीय परिषद अध्यक्ष बाबुराम भट्टराईले पनि गीतले ‘जनयुद्धको’ विरोध नगरेको प्रतिक्रिया दिएका थिए।

‘म पनि जनयु’द्धको एक अगुवा हुनुको नाताले प्रकाश सपुतको गीतमा टिप्पणी गर्ने अधिकार राख्छु र भन्छु- त्यसमा आ’पत्ति मान्नुपर्ने कुरा छैन, गीतले जनयु’द्धको विरोध गरेको छैन,’ ट्वीट गर्दै बाबुरामले भनेका छन्। गीतले अपूर्ण क्रान्तिका पीडा दर्शाएको पनि उनले उल्लेख गरेका छन्।

‘अपूर्ण क्रान्तिका पीडा दर्शाएको छ, त्यसनिम्ति क्रान्तिलाई नयाँ ढंगले अगाडि बढाउने पो हो,’ उनले भनेका छन्, ‘गीतका सर्जकलाई किन ध’म्काउने?’

साथै माओवादी सशस्त्र द्व’न्द्वपछि टाठाबाठाले सत्तामा पहुँच पुर्‍याएको तर सोझासाझाले सास्ती भोग्नुपरेको कथा सपुतले गीतको भिडिओमा देखाउन खोजेका छन्।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News