परासी : प्रेस संगठन नेपालमा आवद्ध पश्चिम नवलपरासीका पत्रकारले मन्त्रीसँग सपथ खाएका छन् । साविक प्रेस चौतारी र प्रेस सेन्टरबीच भएको एकतापछि गठन भएको प्रेस संगठनका पत्रकारलाई परासीमा आयोजित एक कार्यक्रममा प्रदेश ५ का भौतिक पूर्वाधार विकास

मन्त्री एंव सरकारका प्रवक्ता बैजनाथ चौधरीले सपथ खुवाएका हुन् । मन्त्री चौधरी नेकपा प्रदेश ५ का सहइन्चार्ज एंव पश्चिम नवलपरासीका जिल्ला इन्चार्जसमेत हुन् । जिल्लामा प्रेस संगठनको १९ सदस्यीय समिति छ । दुई संगठनको भागबन्डाअनुसार पश्चिम जिल्लामा साविक प्रेस सेन्टरले संयोजकसहित ८ सदस्य र प्रेस चौतारीले सहसंयोजकसहित ११ सदस्य पाएको छ । नव गठित समितिमा आवद्ध पत्रकारको भेला गरेर प्रदेश मन्त्री चौधरीले १७ जना जिल्ला सदस्यलाई सपथ खुवाएका हुन् ।

वेनीमाधव बस्याल संयोजक र मोहन पौडेल सहसंयोजक रहेको जिल्ला समितिका सदस्यहरुले मन्त्रीसँग सपथ खाएका हुन् । सपथ खाँदा पत्रकारहरुले पार्टी कार्यकर्ता सरह मुठ्ठी उठाएर अभिवादन गरेका थिए ।

केही दिनअघि प्रेस संगठनका जिल्ला संयोजक र सहसंयोजकहरुलाई नेकपाका अध्यक्ष एंव पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले काठमाण्डौंमा सपथ खुवाएका थिए ।

सपथ कार्यक्रमा मन्त्री चौधरीले पत्रकारिता पेशालाई मर्यादित बनाउन पत्रकारहरुलाई आग्रह गरेका छन् । प्रदेश सरकारले पत्रकारिता क्षेत्रको विकासका लागि पर्याप्त बजेट विनियोजन गर्न नसकेको बताउँदै त्यसतर्फ सरकारले योजना बनाएर काम गर्ने बताए ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News