काठमाडौं : ब’लात्का’र आरोपमा पुर्पक्षका लागि जेल चलान भएका पूर्वसभामुख कृष्णबहादुर महराको मुद्दाको अन्तिम सुनुवाइको बाटो खुलेको छ। आइतबार काठमाडौं जिल्ला अदालतमा भएको अन्तिम सुनुवाइका क्रममा सरकारी साक्षीलाई वकपत्रका लागि उपस्थित हुन् आदेश

भएको छ। अदालतले घटना भएको दिन असोज १२ गते रोशनी साहीको डेरामा महरासँग् पुगेका प्रहरी, महानगरीय प्रहरी बानेश्वर वृत्तका प्रहरी, विधिविज्ञान प्रयोगशालाका विज्ञलगायत सरकारी साक्षीलाई वकपत्रमा उपस्थित हुन् आदेश दिएको हो।उनीहरुले अभियोगपत्रको पक्षमा प्रतिरक्षा गर्नेछन्। त्यसपछि महरा पक्षका साक्षीको समेत वकपत्र गराएपछि उनका वकिलले अभियोगपत्रको प्रतिवाद गर्नेछन्। त्यसपछि मात्र अन्तिम फैसलाको टुंगो लाग्नेछ।

आइतबार जिल्ला न्यायाधीश अम्बरराज पौडेलको इजलासले सरकारी साक्षीलाई वकपत्रमा उपस्थित हुन भनेको हो। महराले यसअघि जिल्ला अदालतबाट पुर्पक्षका लागि थुनामा राख्नेगरी भएको आदेश कानुन विपरित रहेको भन्दै मंसिर ५ गते उच्च अदालत पाटनमा निवेदन दिएका थिए।

उच्च अदालतले जिल्लाले थुनामा राख्नेगरी भएको आदेशलाई सदर गर्दै गम्भीर प्रकृतिको फौजदारी कसुर संलग्न मुद्दा रहेकाले एक महिनाभित्र टुंगो लगाउन जिल्लालाई निर्देशनात्मक आदेशसमेत दिएको थियो।

व्यवस्थापिका संसद सचिवालयकी कर्मचारी साहीमाथि बलात्कार गरेको आरोपमा महरालाई काठमाडौं जिल्ला अदालतले गत कात्तिक १८ गते पुर्पक्षका लागि जेल चलान गरेको थियो।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News