दैलेख– ठाटीकाँध गाउँपालिका अध्यक्ष धीरबहादुर शाहीको १८ सकुशल उद्धार गरिएको छ।

विप्लव नेतृत्वको प्रतिबन्धित नेकपाका कार्यकर्ताले उनलाई आइतबार विहान साढे १२ बजे अपहरण गरेका थिए। प्रहरीले पक्राउ परेका अध्यक्ष शाहीलाई कालिकोट जिल्लाको सुभकालिका गाउँपालिका– १ छात्तीको जंगलबाट आइतबार साँझ साढे छ बजे उद्धार गरेको हो।

शाही वडा नम्बर २ श्रीपाटामा रहेको आफ्नै घरबाट गएराति अपहरणमा परेका हुन्। प्रहरीले तीन तिरबाट घेरा हालेपछि विप्लव समूहले अध्यक्ष शाहीलाई छोड्न वाध्य भएको थियो। अपहरण गर्ने विप्लवका कार्यकर्ता भने पक्राउ परेका छैनन्। कालिकोट प्रहरीका अनुसार उनको अवस्था सकुशल छ। घटनाको अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।

यता अपहरणको जिम्मा लिदैं विप्लव समूहले उक्त गाउँपालिकामा भ्रष्टचार बढेको आरोप लगाएको छ। विप्लव समूहका भेरी कर्णाली ब्युरो इञ्चार्ज रविले जारी गरेको विज्ञप्तिमा अपहरणको जिम्मेवारी समेत लिएका छन्। विज्ञप्तिमा पक्राउ परेका आफ्ना कार्यकर्ता रिहाईको माग समेत गरिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News