काठमाडौं : भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले छिटै नेपालको भ्रमण गर्ने इच्छा व्यक्त गरेका छन्। बिराटनगरस्थित एकीकृत भन्सार चौकीको भिडियो कन्फ्रेन्समार्फत प्रधानमन्त्री केपी ओलीसँगै संयुक्त उद्घाटन गर्ने क्रममा मोदीले यस्तो इच्छा व्यक्त गरेका हुन्। उद्घाटनमा क्रममा

प्रधानमन्‍त्री ओलीले मोदीलाई दिएको निम्तो स्वीकार्दै मोदीले भने, ‘मलाई तपाईँले जुन निम्तो दिनुभयो त्यसप्रति म गर्व गर्छु। मित्रको नाताले तपाईँले सधैँ म नेपाल आउने चर्चा गर्नुभएको छ।’सन् २०२० को दशक नेपाल-भारत सम्बन्धको स्वर्णिम दशक बन्‍ने बताउँदै उनले भने ‘सन् २०२० को दशक नेपाल-भारत सम्बन्धको स्वर्णिम दशक बन्‍नेछ। ‘मोदीले ओलीसँग नजिकको सम्बन्ध रहेको उल्लेख गर्दै नेपालप्रति रहेको गहिरो प्रेमका कारण नेपाल आउने कार्यक्रम बनाउने बताए। उनले भने, ‘तपाईंको प्रेमले पनि मलाई तानेर ल्याउनेछ।

नेपालको नागरिक प्रतिको प्रेमले पनि मलाई त्यहाँ ल्याउनेछ।म पक्का यो वर्ष कार्यक्रम बनाएर तपाईँसँग समय बिताउन आउने छु।’भिडियो कन्फ्रेन्समा मोदीसँगै उनका सुरक्षा सल्लाहाकार अजीत दोभाल, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य सहभागी थिए।ओलीसँग मन्त्रीमण्डलका सदस्यहरू र सल्लाहकार समूह उक्त भिडियो कन्फ्रेन्समा सहभागी थिए।

मोदी प्रधानमन्‍त्रीका रुपमा सन् २०१४ पछि मात्र चार पटक नेपाल भ्रमणमा आइसकेका छन्।सन् २०१४ मा पहिलो पटक प्रधानमन्त्रीमा निर्वाचित भएपछि मोदीले छिमेकीलाई प्राथमिकता दिने नीति घोषणा गर्दै सपथग्रहणमा दक्षिण एशियाली नेताहरूलाई निम्तो दिएका थिए। करिब १७ वर्ष भारतीय प्रधानमन्त्रीले नेपालको औपचारिक भ्रमण नगरेको परम्परालाई अन्त्य गर्दै उनले भ्रमण शृंखला बढाएका हुन्।

भिडियो कन्फ्रेन्समा मोदीसँगै उनका सुरक्षा सल्लाहाकार अजीत दोभाल, भारतका लागि नेपाली राजदूत निलाम्बर आचार्य सहभागी थिए।ओलीसँग मन्त्रीमण्डलका सदस्यहरू र सल्लाहकार समूह उक्त भिडियो कन्फ्रेन्समा सहभागी थिए।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News