काठमाडौं : फिल्म ‘मन परेसी’को शुभमुहूर्त गरिएको छ। श्रीपञ्चमीको अवसर पारेर राजधानीस्थित भद्रकाली मन्दिरमा मुहूर्त गरिएको हो। कार्यक्रममा फिल्मकी अभिनेत्री पूजा शर्मा, अभिनेताद्वय आकाश श्रेष्ठ र रवीन्द्र झा, डेब्यु अनुहार मोनालिसा खतिवडा, प्रस्तुतकर्ता रघु

परियार, लेखक तथा निर्देशक रूपेश थिङ तामाङ र वितरक करण श्रेष्ठसहित युनिटको उपस्थिति रहेको थियो। पूजा र आकाशले स्क्रिप्टको पूजा गर्दै सफलताको कामना गरे। ‘रामकहानी’ बाट सुरु भएको पूजा र आकाशको सहकार्य ‘पोई प‍¥यो काले’, ‘सम्हालिन्छ कहिले मन’ र ‘सम्झना बिर्सना’ हुँदै ‘मन परेसी’ सम्म आइपुगेको हो। ‘जय शम्भु’ फेम्ड निर्देशक रूपेश थिङ तामाङले निर्देशन गर्ने फिल्ममा आकाश र पूजासँगै बुद्धि तामाङ, रवीन्द्र झा, शिशिर राणा, किरण श्रेष्ठ, लक्ष्मण श्रेष्ठलगायतका कलाकारको पनि अभिनय रहनेछ। फिल्मको प्रस्तुतकर्तामा रघु परियार छन्।

अमृत थिङ तामाङ फिल्मको कार्यकारी निर्माता र दिनेश शाही र चक्र पाख्रिन तामाङ निर्माता रहेको फिल्ममा भुवनराज जोशी, कृष्ण परियार, ज्ञानुप्रसाद खनाल र प्रेमबहादुर घर्ती सहनिर्मातामा छन्। फिल्मको कथा निर्देशक तामाङ आफैंले लेखेका हुन् भने उनलाई संवादमा सञ्जोग राणाले सघाएका छन्।

हरि घले लामाले खिच्ने फिल्ममा राजु तामाङको द्वन्द्व र रामजी लामिछाने र रविन शाहको कोरियोग्राफी रहनेछ। अर्जुन पोखरेल, पुरुषोत्तम न्यौपाने, श्रीकृष्ण बर्देवाले फिल्मको गीतमा संगीत भर्ने जिम्मेवारी पाएका छन्। लभस्टोरी एक्सन जनरामा निर्माण हुने फिल्मको आउँदो आइतबारबाट छायांकन सुरु हुने बताइएको छ।

रिच इन्टरटेनमेन्टले वितरण गर्ने फिल्मलाई अर्को वर्षको तीजमा प्रदर्शन गर्ने घोषणा गरिएको छ। मेडिया एन्ड मुभिज प्रालि र जुना फिल्म्सको संयुक्त ब्यानरमा निर्माण फिल्मको छायांकन सेड्युल ४० दिनको राखिएको छ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?


Your Views
Related News